राजनीति गर्नेहरुले पनि कुनै पेशा गरेर मात्रै खान पाउने व्यवस्था गर्नुपर्छः सुशीला कार्की | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

राजनीति गर्नेहरुले पनि कुनै पेशा गरेर मात्रै खान पाउने व्यवस्था गर्नुपर्छः सुशीला कार्की

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीति गर्नेहरुले पनि कुनै पेशा गरेर मात्रै खान पाउने व्यवस्था हुनुपर्ने बताउनु भएको छ ।

राजनीतिमा जुका जसरी जीवनभर टाँसीरहने र आफ्नो ३÷४ पुस्तालाई पुग्ने गरी सम्पत्ति जोड्ने प्रचलनको अन्त्य हुनुपर्ने उहाँको भनाई थियो । शनिबार काठमाडांैमा आयोजित ‘शासन र शासक’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कार्कीले अमेरिकामा राष्ट्रपति भएकाहरुले विभिन्न पेशा अंगालेर अघि बढेको दृष्टान्त पेश गर्दै हाम्रा राजनीति गर्नेहरुमा पनि जीवन रहेसम्म सम्पत्ति जोडने प्रवृत्तिमा परिवर्तन आउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘मलाई चाँही के भन्न मन लाग्यो भने हर पोलिटिसिएनले उसले कामै गर्न नपर्ने ? उसले आफ्नो रोजगारी बनाउनु पर्दैन ? खानका लागि उसले चाँही कुनै वे बनाउनु पर्दैन । ओबामा गएर पढाउँदैछ । हरेक अमेरिकाका राष्ट्रपतिहरुले आफ्नो पेशा बनाएर कोही वकील छन । कोही व्यापारी छन । आफ्नो व्यवसाय त गरेका छन नि । हाम्रो चाँही राजनीतिमा गएर जुका जस्तो टाँसियो । अनि नमरुन्जेलसम्मलाई सम्पत्ति जोडनुपर्ने । तीन पुस्ता, चार पुस्तालाई चाहिने सम्पत्ति चाँही जोडनुपर्ने । यो प्रवृत्तिमा परिवर्तन आउनु पर्छ । कमाएर खानुपर्छ भन्ने भावना पोलिटिसिएनमा हुनुपर्छ कि पर्दैन ? राजनीतिमा गएपछि एक अक्षर पनि पढदै नपढने, पुस्तक हेर्दै नहेर्ने । तिमीले नेपालको पोलिटिक्सबारे के थाहा छ ? अन्तराष्ट्रिय क्षेत्रमा गएर नेपालको पोलिटिक्सबारे तिमीले केही बोल्न सक्छौं ? त्यो आफ्नो क्षमता डेभलप्ट गर्नु पर्छ कि पर्दैन ? गरिवले सिटामोल खान नपाउने, राजनीति गर्नेहरुले चाँही उपचार खर्च भनेर ३ करोड, १ करोड, ६० लाख भनेर राज्यबाट रकम लिन मिल्दैन । यो प्रवृत्ति समाप्त हुनुपर्छ ।’

उहाँले राजनीति गर्नेहरु अध्ययनशील हुनुपर्नेतर्फ पनि सचेत गराउनु भयो । पूर्वप्रधानन्यायाधीश कार्कीले गरिवले सिटामोल पनि नपाउने तर नेताहरुले उपचार खर्चको नाममा करोडौं राज्यकोष दोहन गर्ने प्रवृत्तिको पनि अन्त्य हुनुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);