आत्मदह गरेका आचार्यको परिवारले जाहेरीको ड्राफ्ट तयार गर्दै, कसको नाममा दिदैंछन् उजुरी ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आत्मदह गरेका आचार्यको परिवारले जाहेरीको ड्राफ्ट तयार गर्दै, कसको नाममा दिदैंछन् उजुरी ?

काठमाडौं, १२ माघ । मंगलबार संसद भवन नयाँ बानेश्वरमा आत्मदहको प्रयास गरी मृत्युवरण गरेका इलामका प्रेमप्रसाद आचार्यको तीनकुनेस्थित महानगरीय वृत्तमा ड्राफ्ट तयारी भइरहेको छ । आचार्यको परिवारका एक सदस्यले क–कसको नाममा जाहेरी दिने भन्ने बारेमा महानगरीय वृत्तमा ड्राफ्ट तयारी गर्दै गरेको जानकारी दिएका हुन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग कुराकानी पछि परिवारले मंगलबार शव बुझेका थिए । बुधबार बिहान उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएका आचार्यका परिवारलाई भेट्न बुधवार गृहमन्त्री लामिछाने पुगेका थिए ।

लामिछानेले घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता कुराहरुबाट आफूपनि वाक्क भएर केही गर्न राजनीतिमा प्रवेश गरेको बताए । गृहमन्त्री लामिछानेले मृतक आचार्यले उठाएका मागका बारेमा यथेष्ठ छानबिन गर्ने प्रतिवद्धता जनाए । मृतककी श्रीमती नानुका आचार्यले आफ्ना छोराछोरीको शिक्षाको सुनिश्चित गर्न, आफूलाई सक्ने रोजागारी दिन र श्रीमानले लिएको आर्थिका ऋण सरकारबाट तिरिदिन आग्रह गरेकी थिइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);