प्रेम आचार्य जी, तपाईमा आशा जगाउन सकिनौं, माफ गर्नु–गृहमन्त्री लामिछाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रेम आचार्य जी, तपाईमा आशा जगाउन सकिनौं, माफ गर्नु–गृहमन्त्री लामिछाने

काठमाडौं, ११ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आत्मदाहको निर्णय हिजो देखिको निराशा र पिडाको परिणाम भएको बताएका छन् ।

सरकारमा पहिलो पटक उत्साहका साथ सरकारमा भएको भन्दै आफूहरुको आगमनले आशा जगाउन नसकेकोमा उनले दुःख व्यक्त गरेका छन् । आत्मदह निर्णय फेर्न नसकेको भन्दै उनले यस विषयमा आफुहरु नै दोषी भएको उल्लेख गरेका छन् । मंगलबार संसद भवन अगाडी शरिरमा पेट्रोल लगाएर आत्मदह गरेका इलामका प्रेमप्रसाद आचार्यको निधन भएपछि लामो स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।

गृहमन्त्री लामिछानेकोले सामाजिक सञ्जालमा लेखेका छन्,‘दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं, म दोषी छु।प्रेम आचार्य जी, नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं, हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।’

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);