गृहमन्त्री लामिछाने रातो सोफामा बस्न नमानेपछि... | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

गृहमन्त्री लामिछाने रातो सोफामा बस्न नमानेपछि…

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सपथ आएदेखि नै आफ्ना मातहतका सबै निकायलाई आफुलाई सामान्य मान्छे सरह व्यवहार गर्न आग्रह गर्दै आएका छन् ।

उनले शुक्रबार मात्र अगुवा–पछुवा सुरक्षाकर्मीलाई हटाएर सुरक्षाका लागि एकमात्र गाडी राख्ने निर्णय गरेका थिए । साथै, उनले आफुले लेन मिचेर नहिड्ने समेत प्रतिवद्दता गरेका छन् ।

लामिछानेले सार्वजनिक विदाको दिनमा व्यक्तिगत सवारी साधन प्रयोग गर्ने पनि घोषणा गरेका छन् । उनका यस्ता कदमलाई कतिपयले स्टन्टको रुपमा हेरेका छन् । तर, उनका यस्ता घोषणाहरुले जनताको भने मन जितेको छ । गृहमन्त्री लामिछानेले शनिबार पनि जनताको मना जित्ने अर्को काम गरे ।

शनिबार सशस्त्र प्रहरी बलको औपचारिक कार्यक्रममा आफ्ना लागि राखिएको ठुलो छुट्टै किसिमको सोफा हटाउन लगाए । त्यसपछि त्यहाँका प्रहरीहरुले अरु अफिसर सरह समान किसिमको सोफा ल्याइदिएपछि मात्र लामिछाने बसेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);