पुराना ‘फरार’हरु समातिन्छन् : गृहमन्त्री लामिछाने | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

पुराना ‘फरार’हरु समातिन्छन् : गृहमन्त्री लामिछाने

काठमाडौं, ७ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पुराना फरारहरु समातिने बताएका छन् । चुनावका बेला आफूले जनतामाझ गरेका वाचाहरु सबै हेक्का भएको पनि उनले स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमा आज बिहान एक पोस्ट गर्दै लामिछानेले धेरै नयाँ फरार हुन नपाउने बारेपनि आफूले हेक्का राखेको बताएका छन् ।

उनले आफू मिडियाको हेडलाइन बन्न नसकेपनि जनताको लाइफ लाइन भने बदल्न मेहनत गरिरहेको जानकारी गराएका छन् । तर, बदल्न भने लामो समय लाग्ने उनको तर्क छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुराना“फरार“हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।हिजो बोलेका शब्द शब्दको हेक्का छ,भोट माग्दा गरेका वाचाहरुको हेक्का छ।मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु।धुलो धेरै छ, पुरानो छ.. थोरै पर्खिनु चाहिँ पर्छ!!’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);