नेपाली वामपन्थी आन्दोलन गलत बाटोमा छ : शंकर पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेपाली वामपन्थी आन्दोलन गलत बाटोमा छ : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली वामपन्थी आन्दोलन गलत बाटोमा गएको बताएका छन् । नेकपा माओवादी केन्द्र आठौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै एमाले महासचिव पोखरेलले नेपाली वामपन्थी आन्दोलन गलत बाटोमा गएको टिप्पणी गरेका हुन् ।

‘तीन वटा राजनीतिक परिवर्तन गर्‍यौं । तर, युग परिवर्तन गर्न सकेनौं । जनताले विकास र समृद्धि चाहेका छन् । यो कुरालाई मनन गर्नु जरुरी छ । महाधिवेशनमा चिन्तन मनन मुलुक डोर्‍याउने कुराहरू बहस हुनुपर्छ,’ उनले भने ।

तिक्तताका आ-आफ्नै नीति बनाउँदा मुलुक र जनताको भलो नहुने उनले बताए । ‘सामूहिकताको परिणाम परिवर्तन आएको हो । तर, संस्थागत हुन सकेन । सामूहिकता चाहिन्छ,’ उनले भने ।

उनले अहिले आर्थिक र सामाजिक रूपान्तरण महत्त्वपूर्ण कार्यभार भएको बताएका छन् । राष्ट्रियता, परराष्ट्र नीतिका सवाल दलहरू अलग हुने कुनै कारण नरहेको महासचिव पोखरेलले बताए । उनले पार्टी बलियो नभई समाज बदल्न सक्ने हुनुपर्ने धारणा राखेका थिए । 

पूर्वप्रधानमन्त्री भनेर माधव नेपाललाई सम्बोधन गरेका पोखरेलले आफ्नो पार्टीका अध्यक्ष केपी ओली माओवादीको उद्घाटन सत्रमा आउने चाहना हुँदा हुँदै पनि विविध कारणले आउन नसकेको बताएका थिए । साथै उनले पार्टी अध्यक्षमा निर्वाचित हुन पुष्पकमल दाहाल प्रचण्डलाई शुभकामना दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);