देशको समृद्धिका लागि अझै दलीय एकता र सहकार्य आवश्यक : माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

देशको समृद्धिका लागि अझै दलीय एकता र सहकार्य आवश्यक : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देश र जनताका लागि अझै दलीय एकता र सहकार्य आवश्यक रहेको बताएका छन् । नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विचार र एजेण्डा फरक भए पनि देश र जनताका लागि अझै दलीय एकता आवश्यक रहेको बताएका हुन् 

कानुन र विधिको पालना गरेर अघि बढेमा देश समृद्धि हुने भन्दै उनले नेता विधि र कानुनमा बाँधिन नचाहने भएकाले अस्थिरता निम्तिएको आरोप लगाए । राष्ट्रियताको सवालमा विमति राख्नुनपर्ने भन्दै उनले कुनै व्यक्ति र वंशको तानाशाही अस्वीकार्य रहेको बताए । व्यक्ति र वंशको तानाशाहीसँग जुधेर लोकतन्त्र ल्याएको भन्दै उनले सबैप्रति सम्मान भाव राखेर अघि बढ्नुपर्नेमा जोड दिए । 

अत्याचार, असमानता, विभेद अन्त्य गरेर अघि बढ्नुपर्ने भन्दै अध्यक्ष नेपालले जनताको विश्वास जित्न सक्नुपर्ने बताए । ‘कुराले मात्र जनताको मन जित्न सकिँदैन  । काम गरेर देखाउनुपर्छ । यसका लागि दलहरुबीच, नेताहरुबीच छलफल गर्नुपर्छ,’ उनले भने । संसदभित्र र संसद बाहिर रहेका दल र बुद्धिजीविहरुबीच छलफल चलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका उनले अन्यथा देशले समृद्धि हासिल गर्न नसक्ने बताए । 

सक्षम जनशक्ति र साधनस्रोत भएमा देशको समृद्धि सम्भव रहेको भन्दै उनले भ्रष्टाचार अन्त्य नगरेसम्म देशको समृद्धि हासिल गर्न गाह्रो हुने बताए । देश र जनताको समस्याकाबारेमा नेताहरूको ध्यान जानुपर्ने अध्यक्ष नेपालको भनाइ छ । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);