कुनै पार्टीसँग एकता नगर्ने माधव नेपालको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

कुनै पार्टीसँग एकता नगर्ने माधव नेपालको घोषणा

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफूहरू कुनै पार्टीसँग एकता नगर्ने बताएका छन् ।

पार्टी गठन पछि आइतबार पहिलोपटक बसेको पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले बाहिर हल्ला भएजस्तो आफूहरु कुनै पार्टीसँग एकता नगर्ने बताएका हुन् ।

पार्टीभित्र लोकतान्त्रिक पद्धतिलाई स्वीकार्दै अगाडि बढ्ने भन्दै उनले मुलुक र जनतको हितका लागि क्रियाशील रहने र ध्यान जाने बताए ।

आउँदो पुस्तालाई जिम्मेवारी सुम्पिँदै अघि बढेका बताएका उनले फिँजाइएका भ्रमलाई चिर्ने जानकारी दिए । राष्ट्र र जनताको स्वार्थ नै आफूहरूको स्वार्थ रहेको बताएका उनले वाह्यमुलुकहरूसँग हातेमालो गर्दै अघि बढ्ने बताए ।

वैदेशिक हस्तक्षेपलाई अस्वीकार गर्ने र पञ्चशीलको सिद्धान्तलाई आत्मसाथ गर्दै एकीकृत समाजवादी अघि बढ्ने अध्यक्ष नेपालको भनाई छ । यसअघि शनिबार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेसंग एक्लै चुनावमा लड्न कसैले नसक्ने चुनौती दिएका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);