एमालेले नेकपा एसबारे गलत प्रचार गर्‍यो : माधव नेपाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

एमालेले नेकपा एसबारे गलत प्रचार गर्‍यो : माधव नेपाल

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमालेले आफ्नाे पार्टीबारे गलत प्रचार गरिरहेको बताएका छन् ।

काठमाडौंमा पार्टीको बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा उनले नेकपा एस अरु पार्टीसँग मिसिन खोजेकोजस्ताे गलत प्रचार एमालेले गरिरहेको बताए । यस्ता गलत प्रचार चिर्न नेता तथा कार्यकर्तालाई अध्यक्ष नेपालले आह्वान गरे । 

‘एमालेले हाम्रोबारेमा गलत प्रचार गरिरहेको छ । एमाले अरु पार्टीमा मिसिन खोजेको गलत प्रचार गरेको छ’, उनले भने, ‘एकीकृत समाजवादी कोहीसँग पार्टी एकता गर्दैन ।’ 

आफूहरू सत्तारुढ गठबन्धनमा रहेको भन्दै उनले गठबन्धनलाई कसैले भत्काउन नसक्ने दाबी गरे । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);