राष्ट्रियसभा गठन अध्यादेश पारित नभएसम्म सत्ता हस्तान्तरण नहुने सरकारको अडान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाण्डौँ, ४ पुस । सरकारले राष्ट्रियसभा गठन अध्यादेशलाई सरकार सत्ता हस्तान्तरणको पूर्वसर्त बनाएको छ ।

वाम गठबन्धनले नयाँ सरकार गठनका लागि बाटो खुल्ला गर्न माग गरिरहँदा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मंगलबार पत्रकार सम्मेलन गरी राष्ट्रयसभा निर्वाचन सम्बन्धी अध्यादेश पारित भएसँगै सत्ता हस्तान्तरण हुने स्पष्ट पारे । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान बमोजिम राजनीतिक निकास दिनुपर्ने उनको भनाइ थियो ।

उनले नेकपा एमालेले राष्ट्रपति जस्तो मर्यादित संस्थालाई पार्टी अनुकुल प्रयोग गर्न खोजेको आरोप समेत लगाए । निर्वाचन आयोगले संविधान र कानूनसम्मत काम गरिरहेको अवस्थामा आयोगका पदाधिकारीमाथि असान्दर्भिक अभिव्यक्ति दिनु गलत मानसिकताको उपज रहेको उनको प्रतिक्रिया छ ।

मन्त्री बस्नेतले नेकपा एमालेले प्रत्यक्ष तर्फको मतपरिणामलाई आधार बनाएर गलत प्रचार गरिरहेको भन्दै सरकार संविधानको भावना बिपरित जान नसक्ने बताउनुभयो । उहाँले बर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले राजीनामा नदिएसम्म राजनीतिक नियुक्ती र सरुवा बढुवा जारी रहने उल्लेख गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);