प्रधानमन्त्री देउवाद्वारा राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति भण्डारीको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

काठमाडौं, २९ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमार्फत सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेबाट सत्ता हस्तान्तरणको दबाब खेपिरहेका प्रधानमन्त्री देउवाले विहिबार राष्ट्रपति भण्डारीलाई भेटेर राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेश जारी गर्न ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले प्रधानमन्त्रीले अध्यादेश जतिसक्दो चाँडो जारी गरेर नयाँ प्रधानमन्त्री र समानुपातिक सांसद चयन तथा राष्ट्रियसभा गठन प्रक्रियाको ढोका खोलिदिन आग्रह गरेको जानकारी दिए । सरकारले एमाले र माओवादी केन्द्रको असहमति रहेका प्रावधानसहितको अध्यादेश निर्वाचनअघि नै राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । तर राष्ट्रपति भण्डारीले भने अध्ययन गरिरहेको भन्दै अध्यादेश रोक्नुभएको छ ।

प्रधानमन्त्री देउवाले राष्ट्रपतिसमक्ष आफू राष्ट्रिय सभा गठनपछि मात्र सत्ता हस्तान्तरण गर्ने मनस्थितिमा रहेको भन्दै राष्ट्रिय सभा गठनको बाटो खोलिदिन आग्रह गरेको प्रेस संयोजक परियारले जानकारी दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);