समानुपातिकतर्फ ६५ जिल्लाको मतगणना सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

काठमाडौं, २९ मंसिर । प्रदेशसभा र प्रतिनिधि निर्वाचनअन्तर्गत समानुपातिकतर्फ ६५ जिल्लाको मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगका अनुसार १२ जिल्लाको मतगणना जारी छ । आयोगले सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, काठमाडौं, चितवन, स्याङ्जा, प्यूठान, सुर्खेत, कैलाली र कञ्चनपुर रहेको जनाएको छ ।

पछिल्लो गणना अनुसार नेकपा एमालेले २९ लाख ८४ हजार, नेपाली कांग्रेसले २८ लाख ९९ हजार, माओवादी केन्द्रले ११ लाख ९९ हजार, संघीय समाजवादी फोरम नेपालले ४ लाख २० हजार र राजपा नेपालले ३ लाख ८२ हजार मत ल्याएका छन् । यस्तै साझा विवेकशील पार्टीले १ लाख ९८ हजार र राप्रपाले १ लाख ८८ हजार ८ सय मत पाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);