सामानुपातिक तर्फको मतगणना अन्तिम चरणमा, एमाले अग्र स्थानमा | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

सामानुपातिक निर्वाचनतर्फको मतगणना अन्तिम चरणमा, ७५ हजार मतले कांग्रेसभन्दा एमाले अगाडि, आजै साँझसम्म मतगणना सकिने

काठमाडौं, २९ मंसिर । मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्मको मतगणना अनुसार ७४ हजार ८ सय ५८ मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ ।

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट प्राप्त जानकारीअनुसार, नेकपा (एमाले)ले ३० लाख ५८ हजार, नेपाली काँग्रेसले २९ लाख ८२ हजार, नेकपा (माओवादी केन्द्र) ले १२ लाख ३६ हजार तथा संघीय समाजवादी फोरम नेपालले चार लाख ४३ हजार २ सय ३८ मत प्राप्त गरेका छन् ।

यस्तै राष्ट्रिय जनता पार्टी नेपालले ४ लाख २७ हजार, विवेकशील साझा पार्टीले २ लाख ९ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९२ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
०००

ताजा समाचार