समानुपातिक तर्फको मतगणना जारी: एमाले ५२ हजार मतले अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, १ पौष । मंसिर १० र २१ गते पहिलो र दोस्रो चरणमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निवाचन प्रणालीतर्फको पछिल्लो मतगणनामा ५२ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै छ ।

 

निर्वाचन आयोग, सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ७:३० बजे प्राप्त जानकारीअनुसार एमालेले ३१ लाख १२ हजार ७४७, नेपाली काँग्रेसले ३० लाख ६० हजार ८५०, नेकपा (माओवादी केन्द्र) ले १२ लाख ७३ हजार ७७१ र संघीय समाजवादी फोरमले नेपालले चार लाख ५९ हजार ७१ मत प्राप्त गरेका छन् ।

 

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालले चार लाख ४७ हजार ५२९, विवेकशील साझा पार्टीले दुई लाख ११ हजार ४९३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ९३ हजार ८७२ मत प्राप्त गरेको आयोगले जनाएको छ । आयोगका अनुसार हाल सुन्सरी र सर्लाहीको मतगणना जारी छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);