समानुपातिक तर्फको मतपरिणाम: एमाले पाँच र कांग्रेस दुई प्रदेश सभामा अगाडि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, १ पौष । प्रदेश र प्रतिनिधिसभाको समानुपातिक तर्फको मतपरिणाम गणना अन्तिम चरणमा पुगेको छ । पछिल्लो मतपरिणाम अनुसार एमाले पाँच र कांग्रेस दुई प्रदेश सभामा अगाडि छन् ।

 

प्रदेश नम्बर १, ३, ४, ५ र ६ मा एमालेले बढी मत पाएको छ भने प्रदेश नम्बर २ र ७ मा कांग्रेस अगाडि रहेको छ । समानुपातिकमा प्रदेश २ मा कांग्रेसपछि राष्ट्रिय जनता पार्टी (राजपा) दोस्रो भएको छ । प्रदेश २ मा तेस्रो फोरम, चौथो एमाले र पाँचौ माओवादी केन्द्र भएका छन् । प्रदेश ७ मा प्रत्यक्षतर्फ पहिलो भएको एमालेको मत कांग्रेस भन्दा कम आएको छ । प्रदेश ७ मा एमाले दोस्रो भएको छ । प्रत्यक्षतर्फ भने प्रदेश नम्बर २ बाहेक ६ वटामा नै एमाले सबै भन्दा बढी सिट जितेको छ । प्रदेश नम्बर ३ को कुल ६६ प्रदेशसभा सिटमध्ये एमालेले ४२, माओवादी, १५ कांग्रेस ७ तथा नयाँ शक्ति र नेमकिपाले १÷१ सिट जितेका छन् ।

 

प्रदेश नम्बर ४ मा एमालेले १७, माओवादी केन्द्रले ९, कांग्रेसले ६ र जनमोर्चाले २ तथा नयाँ शक्ति र स्वतन्त्रले १–१ सिट जितेका छन् । प्रदेश ३ मा कुल ३६ सिट छ । प्रदेश नम्बर ५ मा एमालेले २८, माओवादीले १४, कांग्रेसले ७ र फोरमले ३ सिट जितेको छ। प्रदेश ५ मा कुल ५२ सिट रहेको छ । प्रदेश ६ मा एमाले १४, माओवादी ९ र काँग्रेसले १ सिट जितेको छ । प्रदेश ६ मा कुल २४ सिट छ । कुल ३२ सिट रहेको प्रदेश नम्बर ७ मा एमालेले १७, माओवादीले १०, कांग्रेसले ४ र राजपाले १ सिट जितेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);