ठूला निर्णयहरु अब बन्ने नयाँ सरकारले गर्ने- देउवा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, १ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार काम चलाउ भईसकेकाले राष्ट्रिय महत्वको कुनै पनि निर्णय नगर्ने स्पष्ट पारेका छन् ।

शुक्रबार मधेश आन्दोलनको घटनाबारे छानवीन गर्न गठित आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री देउवाले ठूला निर्णयहरु अब बन्ने नयाँ सरकारले गर्ने स्पष्ट पारे । देउवाले प्रतिवेदनको विस्तृत अध्ययन गरी ठोस निर्णय लिने काम पनि नयाँ सरकारले नै गर्ने बताए भेटपछि आयोगका अध्यक्ष गिरिशचन्द्र लालले जानकारी दिए । प्रतिवेदनमा मधेश आन्दोलनका क्रममा ६६ जना मारिएको र तीमध्ये चार जनालाई अझै सहिद घोषणा गर्न बाँकि रहेको उल्लेख गरिएको छ ।

 

आयोगले मधेश आन्दोलनका पीडितले दिएको ६ हजार ६ सय ६४ वटा निवेदनलाई समेत ध्यानमा राखेर घटनाको छानवीन गरेको जनाएको छ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश लालको अध्यक्षता गठित ७ सदस्यीय छानवीन आयोगले बुझाएको ७ सय ९ पृष्ठ लामो प्रतिवेदनमा मधेश आन्दोलनका क्रममा १० जना सुरक्षाकर्मीको समेत ज्यान गएको उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);