‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने राजेन्द्र महतोको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने राजेन्द्र महतोको चेतावनी

rajendra-mahato

काठमाडौं । जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्त ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित आफू पक्षीय बागमती प्रदेशका अगुवा कार्यकर्ताहरुको भेलामा बोल्दै नेता महतोले त्यसका लागि तयार रहन पहाड र हिमालका पार्टी नेता, कार्यकर्तालाई पनि आह्वान गरे ।

कार्यक्रममा बोल्दै शिर्ष नेता महन्थ ठाकुरले सांसद रेशम चौधरीलगायतका मधेश आन्दोलनका क्रममा बन्दी बनेका, झूटा आरोप लागेका नेता, कार्यकर्ताहरुको तत्काल रिहाई नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए । उनले  लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारलाई दवाव दिए ।

अर्का नेता सरदसिंह भण्डारीले वर्तमान सरकार आफूहरुको माग सम्बोधन गर्न गम्भिर नभएको आरोप लगाए । उनले मन्त्रीपरिषदलई पूर्णता दिन नसक्ने वर्तमान सरकारले आफूहरुको माग सम्बोधन गर्ला भन्ने आशा नगरेको पनि बताए ।

नेता भण्डारीले आफूहरुले राज्यसँग मधेश आन्दोलनको पीडाबाट आफ्ना पार्टीका नेता, कार्यकर्ताहरुलाई उन्मुक्ति दिन माग गरिरहेको स्पष्ट पारे । उनले मधेश आन्दोलनका क्रममा लगाइएको झुटा मुद्धा फिर्ता लिने, बन्दी जीवन बिताईरहेका नेता, कार्यकर्ताहरुको तत्काल रिहाई गर्न पनि सरकारसँग आग्रह गरे ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);