राजेन्द्र महतोले त्यागे लोसपा,नयाँ अभियानको घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

राजेन्द्र महतोले त्यागे लोसपा,नयाँ अभियानको घोषणा

rajendra-mahato

काठमाडौं,१३ फागुन । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले पार्टी परित्याग गरेका छन् ।

आज काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्दै महन्थ ठाकुरसँग अलग्गिएर उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका हुन् ।

बहुल राष्ट्रिय राज्य बनाउने उनले लक्ष्य प्रस्तुत गरे ।

आफ्नो नेतृत्वको अभियानले पार्टीको निर्माणदेखि सबै संरचना तयार गर्ने भन्दै लोसपा, जसपालगायतका मधेसवादी पार्टी साथै एमाले, कांग्रेस माओवादी विचार राख्नेहरूका लागि खुल्ला रहेको उनले बताए ।

उनले आफ्नो क्रान्तिका लागि सबैले साथ दिन आह्वान गरेको बताउनु भयो । उहाँले राष्ट्रिय क्रान्ति मुक्तिका लागि अभियान, संघर्ष र बिद्रोहका क्रममा सशक्त आन्दोलन आवश्यक रहेको बताए । अभियान, संघर्ष र बिद्रोहले राजनीतिक शक्ति पैदा गर्ने बताए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);