सरकार निर्माण मेरो पार्टीको प्राथमिकता होइन् : नेता महतो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकार निर्माण मेरो पार्टीको प्राथमिकता होइन् : नेता महतो

rajendra

काठमाडौं, १२ पुष । राष्ट्रिय जनता पार्टी, नेपालले सरकार निर्माण आफ्नो पार्टीको प्राथमिकतामा नरहेको स्पष्ट पारेको छ ।

पार्टीका नेता राजेन्द्र महतोले मधेशी जनताको अधिकार प्राप्तीका लागि संविधान संशोधनको पक्षमा लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकार निर्माणका विषयमा एमाले अध्यक्ष केपी ओलीसँग छलफल नगरिएको दावी समेत गरेका छन् । नेता महतोले संविधान संशोधन भएपछि मात्रै सरकारको विषयमा सोच्न सकिने पनि स्पष्ट पारेका छन् । उनले संविधान संशोधनको पक्षमा उभिने दललाई सरकार बाहिरै रहेर पनि समर्थन गर्न सकिने योजना पनि सुनाए ।

नेता महतोले उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग पार्टी एकता गरेर प्रदेश नम्बर २ मा सरकार बनाउने पनि बताए । उनले फोरमसँग पार्टी एकता गर्ने कुरालाई आफ्नो पार्टीले उच्च प्राथमिकता दिएको पनि बताए ।

राष्ट्रिय जनता पार्टी, नेपालले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश राष्ट्रपतिले रोकेर राखेकोमा असन्तुष्टि व्यक्त गर्दै आएको छ । नेता महतोले राष्ट्रपतिले अध्यादेश जारी नगर्दा मुलुकमा संवैधानिक जटिलता थपिएको तर्क समेत गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);