संविधान संशोधन नभए फेरी आन्दोलनमा उत्रने राजपा नेता महतोको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

वाम गठनबन्धनको सरकारमा सहभागी नहुने भनाई –

भक्तपुर, १५ माघ । राजपा नेपालका नेता राजेन्द्र महतोले संविधान संशोधन नभए फेरी आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।  भक्तपुरमा भएको कार्यक्रममा नेता महतोले नेकपा एमाले संविधान संशोधनको पक्षमा नरहेको भन्दै फेरी आन्दोलनमा उत्रने चेतावनी दिएका हुन् ।

नेता महतोले संविधान संशोधन गर्न तयार नभएसम्म वाम गठनबन्धनको सरकारमा सहभागी नहुने बताए । उनले २ नम्बर प्रदेशमा जनताले राजपा र फोरमलाई सरकार बनाउने म्याण्डेट दिएकोले दुई पार्टीको सहमतिमा सरकार बन्ने बताए ।

नेताहरुले खोक्रो राष्ट्रवादका नारा लगाएर भारतलाई गाली गर्ने गरेको टिप्पणी गर्दै नेता महतोले दुई देश बीचको सम्बन्धलाई सुधार गर्नुपर्नेमा जोड दिए । उनले नेपाल भारतबीच सीमा विवाद नरहेको समेत स्पष्ट पारे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);