संविधान संशोधन नगरेसम्म सरकारमा सहभागी हुँदैनौ : राजेन्द्र महतो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

संविधान संशोधन नगरेसम्म सरकारमा सहभागी हुँदैनौ : राजेन्द्र महतो

संविधान संशोधन नभए पुनः सडक आन्दोलन गर्छौ

rajendra

मोरङ, २७ जेठ । राष्ट्रिय जनाता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नगरेसम्म सरकारमा सहभागी नहुने बताएका छन् । आइतबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग नेता महतोले संविधान संशोधनबाट मधेसका मुद्दा सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने बताएका हुन् ।

प्रदेश नम्बर २ को सरकारलाई दिएको समर्थन फिर्ता नलिने भन्दै नेता महतोले सरकार परिवर्तन नहुने स्पष्ट पारे । प्रदेश २ मा सरकारको नेतृत्व गरेको संघीय समाजवादी फोरम केन्द्र सरकारमा सहभागी भएपछि राजपाका नेता महतोले सरकार परिवर्तन नहुने बताएका हुन् । जनताको भावना अनुसार प्रदेश २ मा सरकार बनेकाले राजपाले समर्थन फिर्ता नलिने उनको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);