समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

samsadh

काठमाडौं, २७ जेठ । सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आईतबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद प्रेम सुवालले समयमै निर्माण सम्पन्न नगर्ने शैलुङ कन्स्ट्रक्सनका शारदा अधिकारीलाई कार्बाही गर्न खोज्दा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गृहमन्त्रीलाई बोलाएर कार्बाही नगर्नु भन्ने आदेश दिएकोबारे सदनलाई जानकारी गराउन माग गरे ।

सांसद राजकिशोर यादवले पनि समयमै निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई कार्बाही गर्नखोज्दा गृहमन्त्रालयलाई नै शक्ति केन्द्रले धम्क्याएको विषय छापामा आएको भन्दै यस विषयमा प्रष्ट पार्न माग गरे ।

सांसद रामसहाय यादवले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने क्रममा उठाउनुपर्ने त्यहाँको बस्तीलाई समुहगत पुर्नबासको व्यवस्था गर्न माग गरे ।

सांसद पूर्णकुमारी सुवेदीले मनसुनको समय सुरु हुनै लाग्दा बाढी र डुबानले तराईका जिल्लाबासी भयभित भएको भन्दै बाढीको पूर्वतयारीबारे जानकारी गराउन सरकारसँग माग गरिन । उनले लक्षमणपुर बाँधकाकारण त्यस क्षेत्रका बासिन्दाले निकै पीडा भोग्नुपरेको भन्दै बाँध भत्काउन सरकारले आदेश दिनुपर्ने बताईन ।

ताजा समाचार