राजपा सरकारमा जाने भन्ने समाचारमा कुनै सत्यता छैन : महतो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

राजपा सरकारमा जाने भन्ने समाचारमा कुनै सत्यता छैन : महतो

rajendra-mahato

काठमाडौं, १४ मंसिर । राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजेन्द्र महतोले सरकारमा जाने पार्टीको कुनै सोच नरहेको बताएका छन् । शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले ‘राजपा सरकारमा जाने’ भन्ने विभिन्न समाचार माध्याममा आएका समाचारमा सत्यता नरहेको उनले बताए ।

संयोजक महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने भन्ने विषय पार्टीले छिट्टै छलफल गरेर टुंगो लगाउने स्पष्ट पारे । संयोजक महतोले आफूलाई संयोजक बनाएपछि पार्टी अध्यक्ष मण्डलको बैठक बस्न नसकेको भन्ने समाचारको पनि खण्डन गरेका छन् ।

महतोलाई अध्यक्ष मण्डलको संयोजक बनाउने निर्णयप्रति असहमति जनाउँदै नेता अनिल झा नआएपछि आज बोलाइएको अध्यक्ष मण्डलको बैठक समेत बस्न सकेन । तर संयोजक महतले भने पार्टी भित्र कुनै विवाद नरहेको दावी गरे।

उनले आज पनि अनौपचारिक विषयमा छलफल गरिएको र नेता महन्त ठाकुर स्वास्थ्य उपचार गरेर भारतबाट फर्के पछि पार्टीको औपचारिक बैठक बस्ने जानकारी दिए ।

संयोजक महतोले नेता ठाकुर उपचार गरेर भारतबाट फर्केपछि बस्ने बैठकले पार्टीको महाधिवेशनको तयारीको कामलाई तीव्रता दिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने÷नलिने आवश्यक निर्णय लिने बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);