जोर विजोर प्रणाली हटेसँगै यात्रुलाई सहज | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

जोर विजोर प्रणाली हटेसँगै यात्रुलाई सहज

yatayat

काठमाडौं, १३ मंसिर । एसिया प्यासिफिक समिटमा भाग लिन आएका पाहुनाहरुलाई असुविधा नहोस भनी लागु गरिएको जोर विजोर प्रणाली शुक्रबारबाट हटाइएको छ । यही मंसिर १३ गतेदेखि १६ गतेसम्म लागु गरिएको जोर विजोर प्रणाली शुक्रबार देखि हटाइएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गृह मन्त्रालयको निर्देशनमा शुक्रबार बिहान ११ः३० देखि जोर विजोर प्रणाली खारेज गरिएको हो । काठमाडौँ उपत्यकामा जोर विजोर प्रणाली लागु भएपछि सर्वसाधारणहरुले निकै दुःख बेहोर्नुपरेको थियो ।

एक धर्मप्रचारक संस्थाको कार्यक्रमका लागि सर्वसाधारणलाई बिना कारण दुःख दिएको भन्दै चौतर्फीरुपमा विरोधका स्वरहरु सुनिए पछि सरकारले जोर विजोर प्रणाली हटाएको हो । जोर विजोर प्रणाली हटेसँग यात्रुले सहजको महसुस गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);