भोलीबाट सवारी साधनमा जोरविजोर प्रणाली सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८३, बुधवार

भोलीबाट सवारी साधनमा जोरविजोर प्रणाली सुरु

jorbijor pranali

काठमाडौं, १२ मंसिर । भोली देखि आगामी आइतबारसम्म काठमाडौंमा सवारी साधनमा जोर विजोर प्रणाली लागू हुने भएको छ ।

शुक्रबारदेखि सोमबारसम्म हुने एसिया प्यासिफिक समिट क्रममा सवारी जाम नहोस् भनेर एक दिन अघि देखि नैं जोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मंसिर १३ गते बिहिबार र मंसिर १५ गते शनिबार नम्बर प्लेटको अन्तिम अंक विजोर भएका गाडीमात्रै चल्न पाउनेछन् भने मंसिर १४ गते शुक्रबार  र मंसिर १६ गते आइतबार जोर अंक भएका गाडी मात्रै चल्न पाउनेछन् ।

ताजा समाचार