बुधबारदेखि सवारी साधनमा जोर विजोर नम्बर प्रणाली लागू हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

बुधबारदेखि सवारी साधनमा जोर विजोर नम्बर प्रणाली लागू हुने

sawari sadhan

अप्सरा लामिछाने
काठमाडौं, १२ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनका लागि सडक खकुलो बनाउन सरकारले काठमाडौ उपत्यकामा गुडने सवारी साधनलाई जोर विजोर प्रणाली लागु गर्दै छ । जसले गर्दा सर्वसाधारण प्रभावित हुने देखिएको छ भने भिभिआइपीको सवारी आवागमन सहज हुने देखिएको छ ।

शिखर सम्मेलनताका सडकलाई खुकुलो बनाउन सरकारले काठमाडौं उपत्यकामा गुड्ने निजी तथा सार्वजनिक सवारी साधनलाई जोर बिजोर प्रणाली लागू गर्दै छ । साँघुरो सडकका कारण राजधानीमा नेपाल सहित ७ देशका भिभिआइपीहरु हुइकिदा सडक अस्तव्यस्त हुने भएकाले ३ दिन सार्वजनिक सवारी साधन गुड्न जोर विजोर नम्बर प्रणाली लागु गरिएको छ । १३ गतेबाट भिभिआइपीहरुको आवागमन भइरहने भएकाले राजधानीका सडकलाई खुकुलो बनाउन र ट्राफिक जाम कम गर्न जोर विजोर प्रणाली लागु गर्न लागिएको हो ।

सामान्यतया राजधानीमा हरेक दिन सवैप्रकारका गरी करिव १० लाख सवारी साधन गुड्दछन् । त्यस मध्य ४ लाख भन्दा बढि दुई पांग्रे मात्रै छन् । ३ दिने व्यवस्था अनुसार १३ र १५ गते विजोर नम्बरका सवारी साधन संचालन हुने छ भने १४ गते जोर नम्बर रहेका सवारी साधन मात्रै चल्न पाउने छ । यसो गर्दा दैनिक गुड्ने सवारी साधनमा आधा संख्या कम हुने र त्यसले भिभिआइपीहरुको सवारी आवागमनमा ट्राफीक व्यवस्थापनमा सहज हुने ट्राफीक प्रहरीको विश्वास छ ।

तीन दिनसम्म उपत्यकामा मोटरसाइकल सहित सम्पुर्ण निजी तथा भाडाका सवारी साधनलाई जोर बिजोर प्रणाली लागू छ । तर एम्बुलेन्स सहित अत्यावश्यक सवारी साधन र पर्यटक सवारीको रुपमा लिइने हरियो नम्बर प्लेटका सवारी साधनमा भने यो नियम लागु नहुने प्रहरीले जनाएको छ । उपत्यकाबाट छुट्ने लामो दुरीका सवारी साधनको हकमा पनि जोर विजोर लागु नहुने तर ट्राफीक प्रहरीको समन्वयमा बिहान ७ बजे अगावै राजधानी छाडीसक्नु पर्ने छ ।

सवारी साधनको अन्तिममा रहेको अंकका आधारमा जोर विजोर छुट्टाइएको छ । यदि जोर चलाउने दिनमा विजोर तथा विजोर चलाउने दिनमा जोर सवारी साधन संचालन गरेमा ट्राफिक महाशाखाले ट्राफिक नियम उल्लंघन कसुरमा सवारी जफत गरी कार्बाही गर्नेछ । ट्राफिक व्यवस्थापनलाई थप सहज बनाउन राजधानीका विद्यालय तथा कलेज लगायत सवै शिक्षण सस्थालाई १४ र १५ गते विदा दिइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);