भदौ १४ र १५ गते उपत्यकाका सम्पूर्ण शैक्षिक संस्था बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भदौ १४ र १५ गते उपत्यकाका सम्पूर्ण शैक्षिक संस्था बन्द

school

काठमाडौं, १२ भदौ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनका लागि सडक खकुलो बनाउन सरकारले भदौ १४ र १५ गते उपत्यकाका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने भएको छ ।

विदेशी अतिथि तथा प्रतिनिधिको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउने उद्देश्यले उपत्यकाका सम्पूर्ण शिक्षण संस्था दुई दिन बिदा दिने निर्णय गरेको हो ।

जोर विजोर प्रणाली लागू
यसैगरी शिखर सम्मेलनताका सडकलाई खुकुलो बनाउन सरकारले काठमाडौं उपत्यकामा गुड्ने निजी तथा सार्वजनिक सवारी साधनलाई जोर बिजोर प्रणाली लागू गरेका छ ।

साँघुरो सडकका कारण राजधानीमा नेपाल सहित ७ देशका भिभिआइपीहरु हुइकिदा सडक अस्तव्यस्त हुने भएकाले ३ दिन सार्वजनिक सवारी साधन गुड्न जोर विजोर नम्बर प्रणाली लागु गरिएको छ । १३ गतेबाट भिभिआइपीहरुको आवागमन भइरहने भएकाले राजधानीका सडकलाई खुकुलो बनाउन र ट्राफिक जाम कम गर्न जोर विजोर प्रणाली लागु गर्न लागिएको हो ।

३ दिने व्यवस्था अनुसार १३ र १५ गते विजोर नम्बरका सवारी साधन संचालन हुने छन् भने १४ गते जोर नम्बर रहेका सवारी साधन मात्रै चल्न पाउने छन् । उपत्यकाबाट छुट्ने लामो दुरीका सवारी साधनको हकमा भने जोर विजोर लागु नहुने तर ट्राफीक प्रहरीको समन्वयमा बिहान ७ बजे अगावै राजधानी छाडीसक्नु पर्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);