मंगलबारको बैठकमा राष्ट्रियसभाका कुन सांसदले के भने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मंगलबारको बैठकमा राष्ट्रियसभाका कुन सांसदले के भने ?

sadan

काठमाडौं, १२ भदौ । राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सदस्यहरुले महिला, बालिका हत्या, विकास निर्माणका काममा भएको आर्थिक अनियमितता लगायत विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रियसभा सदस्य हरिचरण सिवाकोटीले मुलुकभर आर्थिक अनियमिता र वेथितिका दृष्टान्तहरु बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । हालै एउटा एस पी को कारणले कञ्चनपुरको घटनामा ठुलो नोक्सानी व्यहोर्नु परेको, तरकारीको सिण्डिकेट तोड्न खोज्दा बिचौलियाले पुलिसलाई नै थुन्दिने काम भएको दृष्टान्त दिँदै उनले राज्यका सबै संयन्त्रलाई चुस्त दुरुस्त र प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।

भ्रष्ट्राचार र वेथितिमा मुलुक चल्दै गएको भन्दै उनले २०४६ साल पछि सरकारले किनेका गाडीको यथार्थ विवरण राष्ट्रियसभा बैठकमा पेश गर्न अध्यक्ष मार्फत सरकारसंग माग गरे । सबै घटनाको कारक बैचारिक द्धन्द्ध रहेको भन्दै उनले बैचारिक रुपमा ठिक नहुने हो भने संघीयताको बाटो बीचमै अवरुद्ध हुने भएकाले बैचारिक र राजनीतिक शुद्धता हुनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभा सदस्य बृषेशचन्द्र लालले मुलुकभर महिला तथा बालबालिका अपरहण, बलात्कार तथा हत्या जस्ता जघन्य अपराध बढीहरेको भन्दै विशेष गरेर महिला, किशोरी र बालबालिकाको शान्ति सुरक्षाको प्रत्याभुति गराउन गृहमन्त्रीको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभा सदस्य कोमल ओलीले बिमस्टेक सम्मेलन नेपालको धार्मिक पर्यटन, लगायत मुलुकको विविध क्षेत्रको विकासका लागि लाभदायी र महत्वपुर्ण हुने विश्वास व्यक्त गरिन् ।

राष्ट्रियसभा सदस्य राम लखन चमारले सुस्तावासीले भोग्ने गरेको यातायातको असुविधा समाधानका लागि बनाउने भनिएको झोलुङगे पुल निर्माणको सम्झौता भएपनि काम सम्पन्न नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

४ बर्ष सम्म सम्झौता गरेर काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गर्न पनि उनले माग गरे । मुलुकभर कैयौ यस्ता आर्थिक अनियमितता भएको भन्दै उनले केन्द्रीय स्तरमा अनुगमन समिति बनाएर अनुगमन गर्न सरकारसंग माग गरे ।

बैठकमा बालबालिका सम्बन्धी विधेयक २०७६ पेश भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थम माया थापाले यो विधेयक पेश गरेकी हुन् ।

बैठकले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७५ र अपराध पीडित संरक्षण विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउनुको साथै सार्वजनिक सुरक्षा तेश्रो संशोधन विधेयक २०७५ माथि पनि सैद्धान्तिक छलफल गरेको छ ।

त्यसैगरी महालेखा परीक्षकको पचपन्नौ बार्षिक प्रतिवेदन बैठकमा पेश भएको छ । अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अबैध लागू औषध कारोवार विरुद्ध सहयोग सम्बन्धी बिमस्टेक महासन्धि पनि आजकै बैठकमा टेबल भएको छ । राष्ट्रियसभाको अर्को बैठक भदौ १९ गते मंगलबार बिहान ११ बजेका लागि बोलाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);