समृद्धिको अभियानमा सहभागी हुन प्राज्ञलाई प्रधानमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

समृद्धिको अभियानमा सहभागी हुन प्राज्ञलाई प्रधानमन्त्रीको आग्रह

pradhanmantri oli

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राज्ञ तथा स्रष्टाहरुलाई मुलुकको समृद्धिको अभियानमा सहभागी हुुन आग्रह गरेका छन् । मंगलवार नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औं प्राज्ञ सभामा उनले प्राकृतिक सुन्दरता र स्रोतले भरिपूर्ण मुुलुकबाट गरिवी अन्त्य गर्न प्राज्ञहरुले समृद्धशिल साहित्य सृजना गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले मुलुकमा प्राप्त राजनीतिक प्रणाली ल्याउन प्राज्ञहरुले दिएको योगदानको पनि प्रशंशा गरे । उनले भाषा, कला र साहित्यले मुलुकलाई एकतावद्ध बनाउन महत्वपूर्ण योगदान दिने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले प्राज्ञहरुको पहिचानबाट नै देशको सभ्यता झल्किने भएकाले प्राज्ञहरु मर्यादित हुनुपर्ने उल्लेख गरे ।

सभामा सहभागी प्राज्ञहरुले पछिल्लो समय राज्यबाट पद र भत्ता सुविधामा मात्र केन्द्रित गरी प्राज्ञिक क्षेत्रलाई अध्ययन अनुसन्धान गराउन चासो नदिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);