जनतामा भ्रम छर्ने चेष्टा नगर्न काँग्रेसलाई प्रधानमन्त्री ओलीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जनतामा भ्रम छर्ने चेष्टा नगर्न काँग्रेसलाई प्रधानमन्त्री ओलीको चेतावनी

pm kp sharma oli

काठमाडौं, ३१ साउन । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले जनतामा भ्रम छर्ने चेष्टा नगर्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले स्वस्थ प्रतिस्पर्धाको राजनीतिमा आउन पनि नेपाली काँग्रेसलाई आह्वान गरे । उनले भदौं १ गतेदेखि लागू हुने मुलुकी फौजदारी ऐनबारे भ्रमपूर्ण प्रचार गरिएको भन्दै सचेत रहन पनि सबैलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले एक वर्ष अघि बनेको सो ऐनमा चिकित्सकहरुलाई जन्मकैदको सजाय दिने व्यवस्था गरिएको भन्दै अन्त्यन्तै भ्रमपूर्ण प्रचार गरिएको उल्लेख गर्दै त्यसको पछि नलाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच विभिन्न पार्टीका युवाहरुलाई पार्टीका प्रवेश गराउँदै उनले सरकार गतिका साथ अघि बढेको बताए ।

प्रधानमन्त्री ओलीले पार्टीमा प्रवेश गरेका युवाहरुले सही पार्टी छनौट गरेर प्रवेश गरेको उल्लेख गर्दै उनीहरुको विश्वासलाई अझै सुदृढ बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरे । उनले पार्टीमा प्रवेश गरेका युवाहरुले मौरीसँग उडान भरेको भन्दै फूलको थुंगामा पुग्नेमा ढुक्क हुन पनि आग्रह गरे ।

प्रधानमन्त्री ओलीले अन्य पार्टीहरुको उडानलाई झिंगासँग तुलना गर्दै फोहोरको डंगुरमा फस्ने व्यंग गरे । प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन पनि पार्टीमा प्रवेश गरेका युवाहरुलाई आग्रह गरे । उनले सरकारले तीव्रताका साथ विकास, निर्माणको कामलाई अघि बढाएको दावी गरे ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीले विकास र समृद्धिको उडान भर्ने तयारी गरिरहेको बताए । उनले पार्र्टीलाई फुटाउने र सरकारलाई कम्जोर बनाउने षडयन्त्र भइरहेको दावी गर्दै त्यसलाई चिरेर अघि बढ्ने दृढता पनि व्यक्त गरे ।

अध्यक्ष दाहालले पार्टीमा विभिन्न खालका चुनौति रहेको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढिने जानकारी दिए । कार्यक्रममा काठमाडौं, ललितपुर र ओखलढुंगाका विभिन्न राजनीतिक दलका युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);