सरकार पूर्णरुपमा असफल भएको रामचन्द्र पौडेलको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

काठमाडौं, ३१ साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र्र पौडेलले सरकार पूर्णतः असफल भएको दावी गरेका छन् । वरिष्ठ नेता पौडेलले ६ महिना नपुग्दै सरकार असफलसिद्ध भईसकेको आरोप लगाए । उनले सरकारले एउटा पनि उल्लेख्य काम नगरेको बताए । वरिष्ठ नेता पौडेलले सरकारले न्यायपालिकामा समेत हस्तक्षेप गरेको भन्दै आपत्ति जनाए ।

शिक्षा, स्वास्थ्य, विद्युत, रोजगारीजस्ता जनताको आधारभूत विषयमा पनि सरकार गम्भिर नभएको उनको आरोप छ । बिहीबार पार्टीको केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले सरकारले सरुवा, बढुवामा समेत एकलौटी निर्णय लिएर सर्वसत्तावादी सोच देखाएको बताए ।

उनले महंगी बढाउने, कर बढाउने लगायतका जनताविरोधी कामबाहेक सरकारले अरु केही गर्न नसकेको दाबी गरे ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले प्रधानन्यायाधिशमा प्रस्तावित दिपकराज जोशीलाई अस्विकृत गरेर स्वतन्त्र न्यायपालिकामाथि गम्भिर प्रहार गरेको आरोप लगाए । उनले सरकार संवैधानिक तवरबाटै सत्ता कब्जाको बाटोमा अघि बढिरहेको दावी गरे ।

प्रमुख सचेतक खाँडले सरकार जनहित विरोधि काममा लागेकाले त्यसको विरुद्धमा सशक्त ढंगले अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध हुन आह्वान गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);