सिके राउतसंग गरेको ११ बुँदे सहमतिको प्रति कांग्रेस नेता पौडेलको आपत्ति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

सिके राउतसंग गरेको ११ बुँदे सहमतिको प्रति कांग्रेस नेता पौडेलको आपत्ति

ramchandra paudel

काठमाडौं, २६ फागुन । सिके राउत र सरकारबीच भएको ११ बूँदे सम्झौताप्रति नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् ।

नेपाली काँग्रेस कास्कीले आइतबार आयोजना गरेको एक कार्यक्रममा काँग्रेस नेता रामचन्द्र पौडेलले सीके राउतसँग भएको ११ बुंदे सम्झौतामा प्रयोग भएको भाषा नमिलेको भन्दै आपत्ति जनाएका हुन् ।

काँग्रेस नेता पौडेलले सरकार देशको समृद्धि र विकासमा असफल भएको पनि बताए । मुलुकमा भ्रष्टाचार बढेको प्रसंगमा नेता पौडेलले वाइडबडी जहाज खरिद प्रकरणमा प्रधानमन्त्री आफैँ अख्तियार र न्यायालय बनेको आरोप समेत लगाए ।

कार्यक्रममा उनले वाइडबडी, एनसेल, सुन काण्ड जस्ता गम्भीर प्रकृतिका भ्रष्टाचार काण्डमा सरकारले आफ्नो विश्वसनियता गुमाएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);