Our Network

कार्तिक ८ २०७८, सोमबार

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा लगानी बढाउन अन्तराष्ट्रिय दाताहरुलाई पुनः आह्वान

काठमाडौं, २६ फागुन । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेपालमा लगानी बढाउन अन्तराष्ट्रिय दाताहरुलाई पुनः आह्वान गरेका छन् ।

आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले वैदेशिक लगानी भित्र्याउन सरकारले लगानी सम्मेलन गर्न लागेको समेत बताए । उनले बाह्य पर्यटक भित्र्याएर मुलुकलाई समृद्ध बनाउने अभियानलाई साकार बनाउन विभिन्न योजना निर्माण गरिरहेको समेत जानकारी दिए ।

सरकारले आगामी चैत्र १५ र १६ गते ‘नेपाल लगानी सम्मेलन’ आयोजना गर्दैछ । परराष्ट्रमन्त्री ज्ञवालीले पर्यटन क्षेत्रको प्रवद्र्धन गरेर मुलुकलाई समृद्ध बनाउन सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’को रुपमा मनाउन लागेको पनि स्मरण गराएका थिए ।