‘नेपाल लगानी सम्मेलन’को तयारीमा जुट्न नेपाली दुतावासहरुलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

‘नेपाल लगानी सम्मेलन’को तयारीमा जुट्न नेपाली दुतावासहरुलाई निर्देशन

pradeep gyawali

काठमाडौं, २३ पुस । सरकारले आगामी चैत्र दोस्रो साता हुने ‘नेपाल लगानी सम्मेलन’को तयारीमा जुट्न नेपाली दुतावासहरुलाई निर्देशन दिएको जनाएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन’को आवश्यक तयारी गर्न विभिन्न देशमा रहेका नेपाली दुतावासहरुलाई निर्देशन दिइएको जानकारी गराएका हुन् ।

सोमबार संघीय संसद अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले सम्मेलनमा बाह्य लगानी भित्रयाउन उल्लेख्य सफलता प्राप्त हुने विश्वास व्यक्त गरे । सरकारले आगामी चैत्र १५ र १६ गते नेपाल लगानी सम्मेलन आयोजना गर्दैछ । त्यसका लागि विदेशस्थित नेपाली दुतावासहरुलाई आवश्यक तयारी गर्न सरकारले निर्देशन दिएको परराष्ट्रमन्त्री ज्ञवालीको भनाई छ ।

बैठकमा ज्ञवालीले राजदुतहरुको नियुक्ती संविधान सम्मत ढंगले अघि बढाइएको पनि बताए । उनले राजदुत फिर्ता गर्ने काममा सरकारले कहिँकतै राजनीतिक पूर्वाग्रह नराखेको दावी समेत गरे ।

बैठकमा समितिका सदस्यहरुले राजदुत नियुक्ती समावेशी नभएको भन्दै सरकारको आलोचना गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);