एडीबीले ‘समृद्ध नेपाल सु:खी नेपाली’ को अभियानमा सक्दो सहयोग गर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

एडीबीले ‘समृद्ध नेपाल सु:खी नेपाली’ को अभियानमा सक्दो सहयोग गर्ने

ADB-Asian-Development-Bank

काठमाडौं, १५ चैत । एशीयाली विकास बैंक(एडीबी)ले ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने नेपाल सरकारको अभियानमा सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

शुक्रबारबाट काठमाडौंमा सुरु भएको ‘नेपाल लगानी सम्मेलन’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै एडीबीका उपाध्यक्ष सिजिन चेनले नेपालको पूर्वाधार विकासमा जोड दिँदै आएको एडीबीले अब बढि लगानी जलविद्युत क्षेत्रमा गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले नेपालमा राजनीतिक स्थायित्व कायम भएको तथा सरकारले विकास, निर्माणको कामलाई तीव्रता दिएकाले यसमा वैदेशिक लगानी बढाउन उपयुक्त वातावरण बन्दै गएको बताए ।

उपाध्यक्ष चेनले नेपालको गरिवी निवारण, पूर्वाधार विकास, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा गर्दै आएको सहयोगको दायरालाई पनि बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालले २५ वर्ष भित्र समृद्ध हुने लक्ष्य लिएको उल्लेख गर्दैै त्यसका लागि विकास साझेदार संस्थाहरुले पनि आवश्यक सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);