प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन दुई चरणमा : गच्छदार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन दुई चरणमा : गच्छदार

Bijaya Gachhadar

कठमाडौं, ७ भदौ । कार्यबाहक प्रधानमन्त्री विजयकुमार गच्छदारले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन दुई चरणमा हुने बताएका छन् ।कार्यबहाक प्रधानमन्त्री गच्छदारले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर १० गतेबाट सुरु हुने बताए ।

 

सरकारले दुवै तहको निर्वाचन आगामी मंसीर १० गते गर्ने निर्णय गरेको छ । तर कार्यबहाक प्रधानमन्त्री गच्छदारले मंसिर १० गते पहिलो चरणको निर्वाचन हुने र दोस्रो चरणको निर्वाचनको मिति अव तत्काल घोषणा गर्ने तयारी भईरहेको बताए ।

 

उनले पहिलो चरणमा हिमाल र पहाड तथा दोस्रो चरणमा तराईमा निर्वाचन हुने गरी तयारी गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई सन्देश दिएको खुलासा गरे । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै चरणमा गर्न नसकिने बताउँदै आएको छ ।

 

कार्यबहाक प्रधानमन्त्री गच्छदारले निर्वाचन आयोगको आग्रह समेतलाई ध्यानमा राखेर प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन दुई चरणमा गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

 

नेपाल लोकतान्त्रिक फोरमको अध्यक्ष समेत रहेका उनले बुधबारबाट सुरु भएको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् । मंसीर २५ गते भित्र प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन दुई चरणमा सम्पन्न गर्ने सरकारको योजना रहेको उनले जानकारी दिए ।

 

कार्यबहाक प्रधानमन्त्री गच्छदारले असोज २ गते स्थानीय तह तेस्रो चरणको निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरे । उनले स्थानीय तह तेस्रो चरणको निर्वाचनको तयारीमा जुटन नेपाल लोकतान्त्रिक फोरमका पार्टी नेता कार्यकर्तालाई निर्देशन दिए । गच्छदारले पार्टीलाई विजयी बनाउन सिंगो पार्टी पंक्तिलाई परिचालित हुन आह्वान गरे ।

 

गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमले आसन्न निर्वाचनको तयारीका लागि आवश्यक रणनीति तय गर्न पार्टी केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);