पूर्व युवराज्ञी हिमानी शाहद्वारा बाढी पीडितलाई राहत वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

पूर्व युवराज्ञी हिमानी शाहद्वारा बाढी पीडितलाई राहत वितरण

काठमाडौँ, ७ भदौ । पूर्व युवराज्ञी हिमानी शाहले बाढीपीडितलाई राहत बाँडेकी छन् । उनले आज पर्सा पुगेर बाढी पीडितलाई राहत वितरण गरेकी हुन् ।

 

हिमानी ट्रस्टले पर्सामा गरेको एक कार्यक्रममा २५० जना बाढीपीडितलाई खाद्यान्न वितरण गरेकी छन् । हिमानी ट्रस्ट उनको आफ्नै संस्था हो । उक्त कार्यक्रममा  दाल, चामल, नुन, तेल, चिउरा,  बिस्कुट, त्रिपाल लगायतका सामानको छुट्टाछुट्टै प्याकेट वितरण गरिएको थियो।

 

पूर्व युवराज्ञी हिमानीको साथमा उनकी छोरी कृतिका शाह र छोरा हृदयेन्द्र शाह पनि साथमा पर्सा पुगेका छन् । उनीहरुले पनि आफ्नै हातले वाढी पीडितलाई राहत वितरण गरे । बाढी पीडितहरुले हिमानीलाई अबिर र मालाले स्वागत गरेका थिए। राहत वितरण कार्यक्रम सकेर उनी आजै काठमाडौं फर्किने कार्यक्रम छ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);