'बाढी पीडितको राहत सत्तारुढ दललाई कमाई खाने भाँडो' | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०७९, बिहीबार

‘बाढी पीडितको राहत सत्तारुढ दललाई कमाई खाने भाँडो’

काठमाडौं, १ भदौ । नेकपा एमालेका नेता रघुवीर महासेठले बाढी, पहिरो र डुबान पीडितको नाममा वितरण गरिएको राहत सत्तारुढ दलका कार्यकर्ताहरुको कमाई खाने भाँडो बनेको आरोप लगाएका छन् ।

 

वाढी पीडितलाई राहत दिने काममा सरकार गम्भीर बन्न उनले अनुरोध गरेका छन् । सरकारले वितरण गरेको राहत वास्तविक पीडितको हातमा नभई सत्तारुढ दलका मुख्य–मुख्य कार्यकर्ताको घरमा पुग्ने गरेको उनले आरोप लगाए ।

 

बाढी र डुबान पीडित तराईका जिल्लाहरुको स्थलगत अवलोकन गरी विहिबार काठमाडौं फर्किएपछि उनले आज संचारकर्मीसँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारमार्फत राहत वितरण गरिएको भनेर सरकारले पीडित जनतालाई ढाँटिरहेको आरोप लगाए ।

 

उनले सत्तारुढ दलका मुख्य–मुख्य कार्यकर्ताले मात्रै सरकारले पठाएको राहत पाउने गरेको आरोप लगाउँदै भने, ‘वास्तविक वाढी पीडित भोकभोकै मर्ने अवस्था आएको छ ।’

 

नेता महासेठले बाढी पीडित जनतालाई राहत उपलब्ध गराउन आफनो पार्टी डुबान प्रभावित सबै जिल्लामा सक्रियताका साथ लागि परेको बताए ।

 

नेता महासेठले बाढी र डुबान पीडित मृतकका परिवारलाई क्षतिपूर्ति बापत तत्काल ५ लाखका दरले राहत उपलब्ध गराउन पनि सरकारसँग माग गरे ।