बाढी, पहिरो र डुबान पीडितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न राजपाको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

बाढी, पहिरो र डुबान पीडितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न राजपाको माग

काठमाडौं, ८ साउन । राष्ट्रिय जनता पार्टी, नेपालले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल उद्धार र राहतको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालका संयोजक राजकिशोर यादवले बुधबार प्रतिनिधिसभा बैठकमा पेश गरिएको ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ को समर्थन गर्दै बाढी पीडितका लागि तत्काल उद्धार र राहतको उचित व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो । उहाँले तराईमा सधै आउने डुबानको समस्या समाधान गर्न पूर्व तयारी गर्न नसकेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नु भयो । ‘अहिले पनि सरकारले झारा टार्ने काम गरिएको छ,’ संयोजक यादवले भन्नुभयो, पीडितलाई राहत दिन सरकार गम्भिर बन्नुप-यो ।’

संयोजक यादवले तराई, मधेशको डुवानबाट पीडित भएकाहरुलाई राहतका लागि सरकारलाई सहयोग गर्न जनप्रतिनिधिको रुपमा आफूहरु तयार रहेको पनि बताउनु भयो ।

उहाँले पहाडमा वर्षेनी आउने पहिरो र तराईमा हुने डुबानको समस्या समाधान गर्न सरकारले संवेदनशीलता नदेखाएको आरोप लगाउनु भयो । उहाँले बाढी, पहिरो र डुबान पीडितलाई राहत विवरणका लागि प्रदेश र स्थानीय सरकारसँग आवश्यक समन्वय गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);