नेकपाको स्कूल विभागमा रस्साकस्सी, कसले पाउला जिम्मेवारी ? | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

नेकपाको स्कूल विभागमा रस्साकस्सी, कसले पाउला जिम्मेवारी ?

ishwor pokhrel-narayankaji

तेजना पण्डित 
काठमाडौं, ८ असार । नेकपाको स्कूल, संगठन, आर्थिक विदेश लगाएतका मुख्य विभागको जिम्मेवारी कसलाई दिने भन्ने विषयले पछिल्लो समय नेकपा भित्र दबाब बढेको छ ।

मुख्य विभागहरु मध्ये स्कुल विभागको जिम्मेवारी सचिवालय सदस्य ईश्वर पोखरेललाई दिने कि प्रवक्ता नारायणकाजी श्रेष्ठलाई भन्नेमा विवाद बढिरहेकै बेला अर्का नेता घनश्याम भुषालले पनि इच्छा देखाउनु भएको छ । जिम्मेवारी कसलाई दिने भन्नेमा विवाद बढिरहेको बेला सदस्यको विकल्पमा बैचारीक नेताहरुलाई जिम्मेवारी दिनुपर्ने आवाज उठ्न थालेको छ ।

नेकपा सचिवालय सदस्यमा पूर्व प्रधानमन्त्री वरिष्ठ नेतादेखि प्रधानमन्त्री अध्यक्षहरु लगाएतका शिर्ष नेताहरु रहेका छन् । सचिवलाय वैठकमार्फत नै महत्वपुर्ण निर्णय गरिदै आएको छ । नेकपाका ३२ बिभागमध्ये महत्वपुर्ण मानिने स्कुल ,संगठन,आर्र्थिक बिदेश र प्रचार बिभागको जिम्मेवारी सचिवालय सदस्यलाइ दिने गरि सहमति गरेको नेकपामा यि बिभागको नेतृत्व कुन व्यक्तिलाइ दिने भन्नेमा भने विमति बढेको छ ।

स्कुल बिभाग प्रमुखमा सचिवालय सदस्य ईश्वर पोखरेल र प्रवक्ता नारायणकाजी श्रेष्ठको दाबी बढिरहेको बेला अर्का नेता घनश्याम भुषालले पनि इच्छा देखाएपछि विवाद झन लम्बिने स्थिति देखिएको छ । मापदण्ड र बिधि बनाएर कार्य विभाजन नगर्दा यस्तो विवाद बढेको नेकपाकै नेताहरुको बुझाइ छ ।

विशेसगरी महाधिवेसनमा आफ्नो स्थान स्ुनिश्चित गर्नका लागी पनि मुख्य बिभागहरुमा नेतृत्व लिन शिर्ष नेताहरुले चाहिरहेका छन् । नेकपाका ३२ बिभागको नेतृत्व शिर्ष नेताहरुले लिने र आफ्नो अनुकुलमा पुराना नेताहरुलाइ नै जिम्मेवारी दिन खोजेकोमा दोश्रो पुस्ताका नेताहरुमा आक्रोस बढेको छ । शिर्ष नेताहरु सहयोगीको भुमिकामा बस्नु पर्ने उनीहरुको सुझाव छ ।

पार्टी एकतापछिको भागबण्डामा स्कूल, संगठन र विदेश विभाग पूर्व एमालेको भागमा परेको छ भने आर्थीक र प्रचार पूर्व माओवादीको भागमा परेको छ । अहिले स्कुल बिभागको नेतृत्वमा पूर्व माओवादी पक्षले दाबी गरेको देखिन्छ । यसो हुनु गलत भएको पूर्व एमाले नेताहरुको भनाइ छ । एउटै पदमा धेरैको दावेदारी बढ्नुलाई केही नेताले त पार्टी फुटाउने खेलको रुपमा बुझ्न थालेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);