विपदमा सबै जुट्न संसदबाट विशेष आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

विपदमा सबै जुट्न संसदबाट विशेष आह्वान

sanghiya samsadh

काठमाडौं, ९ साउन । बाढी, पहिरो र डुबानका कारण ठूलो जनधनको क्षति भएको विषयमा बुधबार प्रतिनिधिसभाले सरकारसहित सबै निकायलाई राहतमा जुट्नका लागि विशेष प्रस्ताव पारित गरी निर्देश गरेको छ । राजपाको समर्थनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बाढीपहिरो र विपद्सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलपछि यस्तो निर्देशन भएको हो ।

जरुरी महŒवको प्रस्तावमाथि छलफल गरेपछि सभामुख कृष्णबहादुर महराले संसदमा विशेष प्रस्ताव पेस गरेका थिए । उनले प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूलाई आआफ्नो ठाउँबाट सक्दो सहयोग पु¥याउन संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि समाजिक संघसंस्था राजनीतिक दल तथा अन्य सबैमा अपिल गरे । यसअघि जरुरी महŒवको प्रस्ताव पेस गर्दे कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले विपत्तिको समयमा हेलिकोप्टरमा घुमेर फर्कने सरकारभन्दा जनताको उद्धार गर्नु आवश्यक भएको बताए । विपद्को समयमा प्रतिपक्ष र सत्तापक्ष भनेर विभाजित हुन आवश्यक नहुने भन्दै उनले सबै एक भएर काम गर्न संसदले सहयोग गर्नुपर्ने बताए ।

‘ संसदमा रहेको दलहरू यो विपत्तिको अवस्थामा एक ठाउँमा हुनुपर्दछ,’ उनले भने ‘यही कुराका लागि सार्वजनिक महŒवको प्रस्ताव राखेको हुँ ।’ बाढी र पहिरोको समस्या देशभर भएको र सय जनाभन्दा धेरै मानिसको मृत्यु भइसकेको भन्दै उनले असारे विकासमा बजेट खर्च नगरी योजनाबद्ध रूपमा काम गर्नसमेत आग्रह गरे । नागरिकलाई विपद् परेका बेला संसदमा रहेका राजनीतिक दलहरू एक ठाउँमा उभिएको उनले दाबी गरे । ‘आज फेरि मुलुकले कठिनाइ बेहोर्दा मुलुकमा असाध्यै ठूलो विपत्ति सामना गर्नुपर्दा राजनीतिक दलहरू एक ठाउँमा उभिने संस्कृतिलाई फेरि एकपटक उभ्याएका छौं ।

हामीहरू सबै एकताबद्ध भएर एउटा प्रस्तावमा छलफल गर्न बसेका छौं,’ उनले भने ‘यसले भोलि काम गर्न तीनै तहका सरकारबीच सहकार्य गर्न बाटो खोल्नेछ ।’ संसदमा दलहरूबीचको असहमतिलाई थाती राखेर विपद्मा जनताप्रति उत्तरदायित्व र कर्तव्यबोध गरेर एकजुट भएको उनले बताए । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);