निर्देशन समयमै कार्यान्वयन गराउन संसदको क्रियाशिलता आवश्यक : अध्यक्ष तिमिल्सिना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

निर्देशन समयमै कार्यान्वयन गराउन संसदको क्रियाशिलता आवश्यक : अध्यक्ष तिमिल्सिना

काठमाडौं, २० फागुन । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संसदले दिएका निर्देशन समयमै कार्यान्वयन गराउन संसद आफैले क्रियाशिलता देखाउनुपर्ने बताएका छन् । बिहीबार राष्ट्रिय सभाको तीन वर्षको सन्दर्भमा राष्ट्रिय सभाको प्रभावकारिकता तथा कुटनीतिक शिष्टाचार सम्बन्धी अभिमुखीकरणमा बोल्दै अध्यक्ष तिमिल्सिनाले सभाले सरकारलाई दिएको निर्देशनको अनुगमन प्रभावकारी रुपमा गर्नुपर्ने बताएका हुन् ।

सरकारले सदनमा पेश गरेका विधेयकलाई समयमा नै पास गरेर अगाडी बढाउने विषयमा सभाले समेत ध्यान दिन आवश्यक रहेको उल्लेख गरे । राष्ट्रिय सभा बिना अवरोध सञ्चालन भएपनि विभिन्न समयमा सरकारलाई दिएको निर्देशनको कार्यान्वयन बारे अनविज्ञ हुने अवस्था हटाउनुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय सभाको बैठक र विभिन्न समितिहरुले सरकारलाई दिएको निर्देशन कार्यान्वयन भए नभएको अनुगमन गर्न सम्पूर्ण सदस्य र सम्बन्धित समिति अझ बढी क्रियाशिल हुनुपर्ने आवश्यकता रहेको उनले बनाए ।

राष्ट्रिय सभाको सातौँ अधिवेशन सम्म आइपुग्दा २ सय २२ वटा बैठकहरु भएको र यस अवधिमा ४१ वटा विधेयकहरु दर्ता भएकोमा १६ वटा विधेयक प्रमाणीकरण भइसकेको छ । यसैगरी २४ वटा मध्ये ८ वटा सभामा विचाराधिन रहेको, १० वटा समितिमा विचाराधिन रहेको र ६ वटा विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभाबाट फिर्ता आउन बाँकी रहेको राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

त्यसैगरी राष्ट्रिय सभामा ३ वटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ४ वटा ध्यानाकर्षण प्रस्ताव र १ वटा संकल्प प्रस्तावहरु दर्ता भई छलफल भएको उनले उल्लेख गरे । साथै राष्ट्रिय सभामा दर्ता भएको अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्र्तगतको पार्लिमो प्रोटोकल सभाबाट अनुमोदन समेत गरिएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।

राष्ट्रिय सभाले यस अवधिसम्म प्रतिनिधि सभामा दर्ता भई प्रतिवेदन सहित राष्ट्रिय सभामा आएका विभिन्न विधेयक तथा सन्धि-सम्झौताहरु राष्ट्रिय सभाबाट पारित गरी फिर्ता पठाइएका छन् । राष्ट्रिय सभाले सात वटै प्रदेश सभासँग अन्र्तक्रिया गरी सङ्घ, प्रदेश र स्थानीय तह अन्तरसम्बन्ध व्यवस्थापन विधेयक, २०७५ पारित गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);