राष्ट्रिय सभामा पारित अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धि संकल्प प्रश्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

राष्ट्रिय सभामा पारित अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयनसम्बन्धि संकल्प प्रश्ताव कार्यान्वयन गर्न सरकारलाई निर्देशन

काठमाडौं, २६ असोज ||

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाबाट पारित अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धि संकल्प प्रश्तावका विषयहरु कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको छ । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले सो संकल्प प्रस्तावमा जनाउनु भएको प्रतिवद्धतासमेतको आधारमा सम्बन्धित मन्त्रालय, निकाय र सरोकारवालाहरुले एकीकृत कार्य योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो । त्यसैगरी सभाले हरेक आर्थिक वर्ष समाप्त भएको ३ महिना भित्र सो सम्बन्धि वार्षिक कार्य प्रगति प्रतिवेदनमा सभामा पेश गर्न सरकारलाई निर्देश गरेको छ । अध्यक्ष तिमिल्सिनाले सो संकल्प प्रश्तावमा उल्लेख गरिएका विषयहरुको कार्यान्वयनको सम्बन्धमा निरन्तर अनुगमन गर्न पनि सभा अन्तर्गतका विषयगत समितिहरुलाई सचेत गराउनु भयो । बैठकमा सांसदहरुले विगतमा सभाबाट पारित गरिएका संकल्प प्रश्तावहरु कार्यान्वयन नगरेको भन्दै सरकारको आलोचना गरेका थिए ।

 

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);