राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले लगाए कोरोना भाइरसविरुद्धको खोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले लगाए कोरोना भाइरसविरुद्धको खोप

काठमाडौं, २० फागुन । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। बिहीबार निजामति कर्मचारी अस्पताल नयाँ बानेश्वर पुगी अध्यक्ष तिमिल्सिनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका हुन् ।

बुधबारदेखि नै प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सांसदहरुलाई कोरोना भाइरसविरुद्धको खोप दिन शुरु गरिएको हो । खोप लगाइसकेपछि सञ्चारकर्मीमाझ प्रतिक्रिया दिदैँ अध्यक्ष तिमिल्सिनाले कोभिडविरुद्धको खोपबारे भ्रम र अफवाह भएपनि अन्य खोपहरु जस्तै रहेको बताएका छन्। बुधबारदेखि सांसदहरुले खोप लगाउन थालेको सन्दर्भमा कसैलाई पनि नकारात्मक रिपोर्ट नआएको उनले उल्लेख गरे ।

बिहीबारै राष्ट्रिय सभाकी उपाध्यक्ष शशिकला दाहालले पनि खोप लगाएकी छिन्। यसका साथैसंघीय संसद सचिवालयका कर्मचारीहरु, स्वकिय सचिव लगायतका कर्मचारीहरु र ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने लगायतका सुरक्षाकर्मीलाई पनि बिहीबार नै खोप दिइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);