दाहाल-नेपाल पक्षमाथि ओलीको कटाक्ष ‘पिलो निचोरिदैमा वजन घट्दैन’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

दाहाल-नेपाल पक्षमाथि ओलीको कटाक्ष ‘पिलो निचोरिदैमा वजन घट्दैन’

काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल नेपाल पक्षलाई पिलोको संज्ञा दिदै त्यो निचोरिदैमा शरीरको वजन नघट्ने दावी गरेका छन् । बिहीबार सिन्धुलीमा आयोजित सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै उनले यस्तो संज्ञा दिएका हुन् ।

‘पिलो निचोरिदैमा शरीरको वजन घट्दैन, अहिले त्यस्तै भएको छ’ प्रधानमन्त्रीले दाहाल नेपालको नाम नलिई भने। उनले आफूले नयाँं तरिकाबाट पार्टी खोलेर अभियान संचालन गरेको दावी गरे। ओललिे भने ‘ कहिलेकाहि अभियानमा हाव आँउछ हल्लाउँछ, कहिले सानातिना पहिरो जान्छ तर अभियान अगाडि बढ्छ’ ।

प्रधानमन्त्री ओलीले मरिन् सुनकोशी ड्राईभर्सनले पहाड र मधेशलाई जोडेको मात्र नभई धेरै उपलब्धि प्राप्त हुने बताए। ‘ कुनै बेला ओलीलाई तराईमा पस्न नदिने भन्ने अभियान चलेको थियो, ठिकै छ पस्न नदिनु तर पानी पस्न दिनुस्’ प्रधानमन्त्रीले भने ।

ओलीले भने ‘ ओली तराई पस्दैन, तर तपाईहरुका सुख्खा खेत भिजाउँछ’ उनले भने। पानी प्रदेश २ मा पुगेपछि कुनै राजनीतिक दल नचाहिने र जनताले खुशीको नगरा आफै बजाउने उनले दावी गरे।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);