बढ्दो महँगी र मल संकट समाधानका लागि किसान महासंघले सरकारको ध्यानाकर्षण गराउने | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १४ २०८३, शनिबार

बढ्दो महँगी र मल संकट समाधानका लागि किसान महासंघले सरकारको ध्यानाकर्षण गराउने

काठमाडौं । 

नेपाल किसान महासंघले रासायनिक मलको अभाव र चुलिँदो महँगीका कारण किसान गम्भीर समस्यामा परेको भन्दै देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । मंगलवार सानेपामा बसेको महासंघको केन्द्रिय समिति बैठकले यस्तो निर्णय गरेको अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले बताउनुभएको हो । उहाँले खेतीपातीको मुख्य समयमा समेत किसानले सहज रूपमा मल नपाउँदा उत्पादनमा प्रत्यक्ष असर परेको उल्लेख गर्नुभयो । किसानका समस्या समाधानतर्फ सरकारको ध्यानाकर्षण गराउन देशव्यापी रूपमा ज्ञापनपत्र बुझाउने निर्णय गरिएको उहाँको भनाइ छ ।

उनका अनुसार नेपालका ७७ वटै जिल्लाका अध्यक्ष, सातै प्रदेशका अध्यक्ष र केन्द्रिय समिति एकसाथ परिचालित भएर आ–आफ्नो क्षेत्रमा एउटै दिन र एउटै समयमा सरकारलाई ज्ञापनपत्र बुझाउने तयारीमा छन् । उहाँले किसानको उत्पादन लागत निरन्तर बढ्दै गए पनि त्यसअनुसार बजार मूल्य सुनिश्चित हुन नसक्दा किसान थप मारमा परेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार