कांग्रेसको निर्णय पर्खन दाहाल–नेपाल पक्षको निर्वाचन आयोग जाने कार्यक्रम रद्ध | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कांग्रेसको निर्णय पर्खन दाहाल–नेपाल पक्षको निर्वाचन आयोग जाने कार्यक्रम रद्ध

काठमाडौं, २० फागुन । कांग्रेसको निर्णय पर्खनका लागि दाहाल – नेपाल नेकपाले बिहीबार निर्वाचन आयोग जाने कार्यक्रम रद्ध गरेको छ । अविश्वस प्रस्तावका बारे निर्णय गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी छ । सो बैठकले भावी सरकारको स्वरुपका बारेमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।

दाहाल–नेपालले नेकपाले भने आकस्मिक केन्द्रीय कमिटीको बेठक बिहीबार बोलाएको छ। बैठकमा छलफल जारी छ । अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल दाहालले नेतृत्व गरेको सो पार्टीको केन्द्रिय कमिटी बैठक बुधबार पनि बसेको थियो । बुधबार बैठक सकेर केन्द्रीय सदस्यहरु हिडेको १ घण्टापछि सदस्यहरुलाई भोली पनि बैठक बस्ने भनेर खबर गरिएको थियो ।

राजधानीमा उपलब्ध सांसद तथा केन्द्रीय सदस्यहरुलाई परिचय पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित उपस्थित हुन निर्देशन दिएको थियो । निर्धारित कार्यक्रम अनुसार बिहीबार दुईबजे निर्वाचन आयोग जाने कार्यक्रम तय भएको थियो। तर बिहीबारको सो कार्यक्रम स्थगित भएको केन्द्रीय सदस्य दीपशिखाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);