निर्णय दिन ढिलाई गरेकोमा दाहाल-नेपाल नेकपाको निर्वाचन आयोगप्रति खेद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

निर्णय दिन ढिलाई गरेकोमा दाहाल-नेपाल नेकपाको निर्वाचन आयोगप्रति खेद

काठमाडौं, १९ फागुन । दलको आधिकारिकता सम्बन्धी निर्णय दिन ढिलाई गरेकोमा दाहाल नेपाल नेकपाले निर्वाचन आयोगप्रति खेद प्रकट गरेको छ। बुधबार बसेको सो पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको स्थायी समिति सदस्य भीम रावलले जानकारी दिए। ‘ढिलो न्याय दिनु भनेको नदिनु सरह हो, प्रचलित कानुन बमोजिम निर्णय दिनुपर्नेमा निर्वाचन आयोगलेले ढिलाई गरिरहेको छ, त्यसप्रति बैठकले खेद प्रकट गरेको छ’ बैठकपछि स्थायी समिति सदस्य रावलले जानकारी दिए।

बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निणृयलाई सर्बोच्च अदालतलले बदर गरिसकेपछि प्रधानमन्त्री ओलीले नैतिककतको आधारमा राजीनामा दिनुपर्नेमा अनैतिक तरिकाले पदमा टाँसई रहन खोजेको ठहर गरेको छ। बैठकले प्रधानमन्त्रीले आफूमाथि भौतिक हमला हुनसक्छ भनेर सार्बजनिक रुपमा दिएको अभिव्यक्ति गैर जिम्मेवार र अलोकतान्त्रिक ठहर गरेको पनि उनले जानकारी दिए।

सो बैठकले राष्ट्रपतिको आलोचना गरेको भन्दै सो पार्टीका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरेकोमा त्यसको निन्दा गरेको छ। बैठकले प्रधामनन्त्रीको असवैधानिक कदमविरुद्ध संघर्ष गर्नेहरुस. सहकार्य गर्ने र नयाँ सरकार गठन गर्ने निणृय गरेको छ। यसका लागि विभिन्न पक्षसंग वार्ता गर्न र आवश्यक निर्णय गर्ने जिम्म पार्टीको सचिवालय र स्थायी समितिलाई जिम्मा दिएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);