नवौं महाधिवेशनपछिका सबै कमिटी ब्युँताउने नेपाल पक्षको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नवौं महाधिवेशनपछिका सबै कमिटी ब्युँताउने नेपाल पक्षको निर्णय

काठमाडौ, १७ चैत । एमालेको माधव नेपाल पक्षले नवौं महाधिवेशनपछिका सबै कमिटी ब्युँताउने निर्णय गरेको छ । सो पक्षको मंगलबार बसेको स्थायी समितिको बैठकले यस्तो निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । ‘देशभरका सबै कमिटीहरु पुनर्स्थापना गर्ने नेता कार्यकर्तालाई आह्वान गरिएको छ’ रावलले भने ।

बैठकले बाह्य शक्तिको आडमा प्रधानमन्त्री ओलीबाट कम्युनिष्ट ध्वस्त पार्ने काम भएको भन्दै त्यसलाई परास्त गर्न कार्यकर्ताहरुलाई सक्रिय हुन आग्रह गरेको छ ।

साथै बैठकले नेताहरुलाई झुठो आरोप लगाएर स्पष्टिकरण सोध्ने, निलम्बन गर्ने काम भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री ओलीले बैठक र बहसलाई बन्द गरेर एमाले छिन्न भिन्न पार्ने काम भएको बैठकको ठहर छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);