काभ्रेको पनौतीका रिसोर्ट सञ्चालक तथा वरिष्ठ पर्यटन व्यवसायी थापा सम्मानीत | ईमाउण्टेन समाचार

Our Network

असोज ५ २०८३, मंगलबार

काभ्रेको पनौतीका रिसोर्ट सञ्चालक तथा वरिष्ठ पर्यटन व्यवसायी थापा सम्मानीत

काभ्रेको पनौती नगरपालिकाकै ठूलो डायमण्डहिल रिसोर्टका सञ्चालक तथा वरिष्ठ पर्यटन व्यवसायी राजनथापा सम्मानीत हुनु भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं १५ ले पर्यटन व्यवसायी राजन थापालाई तीन दशक भन्दा बढी पर्यटन क्षेत्रमा योगदान पुर्याए बापत शनिबार सम्मान गरेको हो ।

पछिल्लो समय राजधानी नजिक रहेको आकर्षक तथा रमणीय स्थान काभ्रेको पनौती नगरपालिका वडा नं ४ मा अवस्थित डायमण्डहिल रिसोर्ट आन्तरिक तथा बाह्य पर्यटकहरुको केन्द्र बन्दै गएको छ ।

जंगली जनावर आगनमै देख्न पाइने रिसोर्टका सञ्चालक थापाले आफूलाई सम्मान गरेकोमा पर्यटन क्षेत्रमा अझै योगदान गर्न र विश्वका विभिन्न देशमा आफले सिकेको सिप प्रयोगमा ल्याउन प्रेरणा मिलेकोमा खुशी व्यक्त गर्दै काठमाडौं महानगरपालिकालाई धन्यावाद व्यक्त गर्नु भयो ।

टोलटोलमा सरकार भेटिने बनाउन स्थानीय संघसंस्थाहरुलाई सक्रिय बनाउँदै काठमाडौँ महानगरपालिकाको वडा नं १५ स्वयम्भूले, वडामा रहेको सरकारलाई टोलमा प्राप्त गर्न सकिने बनाउने कार्यक्रमको सुरुवात गरेको अवसरमा थापालार्ई सम्मान गरेको हो ।

Leave a Reply